होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कालो बजारी नियन्त्रण गर्न सरकारसंग एमालेको माग
देश/प्रदेश

कालो बजारी नियन्त्रण गर्न सरकारसंग एमालेको माग

  • नागरिक रैबार
कालो बजारी नियन्त्रण गर्न सरकारसंग एमालेको माग

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकीयसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेको हो ।

विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा गएको टोलीले चाडवाडमा हुनसक्ने कालोबजारी र महँगी नियन्त्रणको लागि तत्काल अनुगमन सयन्त्रलाई परिचालन गर्नुपर्नेमा माग राखेको छ ।यस्तै गुणस्तरीय र सुपथ मूल्य पसलहरु देशभरि सञ्चालन गर्नुपर्ने, चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल र मासुजन्य वस्तुहरु सर्वसुलभ र सुपथ मूल्यमा पाउने वातावरण बनाउन माग गरिएको छ ।

चाडपर्व नजिक आइरहेकाले तत्काल सडकको मर्मत र खाल्डाखुल्डी पुर्नुपर्ने, चाडपर्वमा आवतजावतका लागि यातायातको साधन अभाव हुन नदिन वैकल्पिक व्यवस्था गर्न, सुरक्षा प्रबन्धका निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनका लागि पनि माग गरिएको छ ।ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइसकेका बताउनुभएको नेता भट्टराईले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार