होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सत्ताच्युत भएपछि प्रचण्ड बौलाएः उपमहासचिव ज्ञवाली
देश/प्रदेश

सत्ताच्युत भएपछि प्रचण्ड बौलाएः उपमहासचिव ज्ञवाली

  • नागरिक रैबार
सत्ताच्युत भएपछि प्रचण्ड बौलाएः उपमहासचिव ज्ञवाली

नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताच्युत भएपछि बौलाएको आरोप लगाएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल बाजुरा मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले प्रचण्डलाई लक्षित गर्दै भने अहिले सरकारबाट बाहिरिएपछि प्रचण्ड बौलाए जस्तै भएका छन् ।

सरकारबाट बाहिरिएपछि प्रचण्डले मुलुकलाई अराजकतातिर धकेल्ने गरी अनियन्त्रित अभिव्यक्ति दिदै हिड्ने गरेको ज्ञवालीले बताए । सत्ताबाट बाहिरिएपछि प्रचण्डले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने गरी नेपाली जनतालाई झुक्याईरहेको ज्ञवालीको भनाई छ ।

विज्ञापन

प्रचण्डकै कारण देशको विकास हुन् नसकेपछि दुइ ठुलापार्टीहरु एमाले–काँग्रेस मिलेर सरकार बनाउनु परेको उनले बताए । एमाले काँग्रेस नेतृत्वको सरकार देशमा आशा र भरोसा जगाउने साझा एजेण्डा बोकेर अगाडि बढीरहेकोले यसमा सवै नेपाली जनताहरुले साथ दिनुपर्ने उनले बताएका छन् ।

प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्र रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहीत सहभागिता रहेको थिए ।

पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रमित विकले गरेका हुन् । नेकपा एमाले बाजुराले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागि हुन ज्ञवाली बाजुरा आएका हुन् । ज्ञवाली सहीतका नेताहरुले एमाले जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार