होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
समाचार

हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

  • नागरिक रैबार
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो।

‘भारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि स्थगित गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भने।

बैठकले मृतककाे परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने , राहत र उद्दारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेकाे निशुल्क उपचार गर्ने र अलपत्र यात्रुकाे तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै