होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट सूरु
समाचार

एमाले बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट सूरु

  • नागरिक रैबार
एमाले बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट सूरु

नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारबाट मार्तडीमा सूरु भएको छ ।

नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आजबाट सूरु मार्तडीमा सूरु भएको हो ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको प्रमख अतिथि केन्द्रिय कमिटी उपमहासचिव प्रदिप ज्ञवाली रहेका छन् ।

विज्ञापन

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य इश्वरी रिजाल, राजेन्द्रसिंह रावल, एमालेका केन्द्रिय सदस्य एंव् बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रिय सदस्यद्धय प्रकाश शाह, शहदेव बोगटी, एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, उपाध्यक्ष काली बहादुर शाही, स्कुल विभाग सदस्य डा. सुन्दर लामिछाने जिल्लाका एमालेबाट निर्वाचित पालिकाका प्रमुख/उपप्रमुख,अध्यक्ष/ उपाध्यक्ष लेखा समितिका सदस्य लगायत जिल्ला कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

बडीमालिका नगरपालिकाको सभाहलमा संचालन भएको उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रमको संचालन एमाले बाजुराका सचिव काँशी विकले गरेका थिए । कार्यक्रमलाई पार्टीका उपमहासचिव प्रदिप ज्ञपाली लगायत केन्द्रिय पोलिटव्यूरो सदस्य र केन्द्रिय सदस्यहरुले प्रशिक्षण गर्ने भएका छन् । आजबाट सूरु भएको कार्यक्रम १४ गतेसम्म संचालन हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार