होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)
देश/प्रदेश

एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)

  • नागरिक रैबार
एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो ।

जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

विज्ञापन

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।

received_780084854082160

received_1020515829810411

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार