होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने
Breaking News

प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।

परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

विज्ञापन

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । ‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार