होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामिकार्तिकको मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिने
Breaking News

स्वामिकार्तिकको मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिने

  • नागरिक रैबार
स्वामिकार्तिकको मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिने
नागरिक रैबार। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन 
केन्द्रको भवन निर्माण गरिने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदुताबास र स्वामीकार्तिक खापर गाउँपालिकाविच  आज उक्त भवन निर्माणका लागि  त्रिपक्षीय सम्झाैता गरिएको छ ।

५ करोड लागतमा बन्ने उक्त भवन डेढ वर्षभित्र निर्माण गर्ने गरि त्रिपक्षीय सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । मुक्तिकोटमा खाद्य र नुन विक्री गर्ने र स्थानीय उत्पादन बेच्ने गरी भारतीय राजदुतावासको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको अध्यक्ष रोकायाको भनाइ छ ।

परियाेजनाले मुक्तिकाेट लगायत स्वामिकार्तिक खापर गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाका जनतालाई खाध्यन्न र नुन किन्न सजिलो हुने छ भने स्थानिय स्तरमा कृषकहरुले उत्पादन गरेको कृषिजन्य सामग्री विक्रि गर्न सहज हुने गाउँपालिकाले विश्वास लिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार