होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सिन्धुलीमा ३१ जना शिक्षक र विद्यार्थी बढीमा फसे
देश/प्रदेश

सिन्धुलीमा ३१ जना शिक्षक र विद्यार्थी बढीमा फसे

  • नागरिक रैबार
सिन्धुलीमा ३१ जना शिक्षक र विद्यार्थी बढीमा फसे
साँकेतिक तस्विर

सिन्धुली । सिन्धुलीको दुम्जामा ३१ जना बढीमा फसेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३१ जना शिक्षक र विद्यार्थी फसेका हुन् ।

बाढीमा ३ शिक्षक र २८ विद्यार्थीसहित ३१ जना फसेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका हुन् । उक्त स्थान सुरक्षित रहेको र उच्च सतर्कताका साथ निगरानीमा राखिएको प्रजिअ शर्माले बताए ।

विज्ञापन

‘खोलाले घेरिएको टापु जस्तै स्थानमा केही विद्यार्थी र शिक्षक तथा मन्दिरका पुजारी रहेका छन् । त्यो स्थान बगाउने सम्भावना छैन । हालसम्म पानीको तहले भेटेको अवस्था पनि होइन । तर पनि सतर्कता अपनाएर सुरक्षा निकाय परिचालन गरिएको छ,’ उनले भने ।

तत्काल उद्धार गर्ने अवस्था नरहेको उनले बताए । शिक्षक र विद्यार्थी मन्दिरमा सुरक्षित रहेको र निरन्तर सम्पर्क भइरहेकोले पानीको सतह बढ्दै गएमा हेलीकप्टरबाट उद्धार गर्न समन्वय गरिने उनको भनाई छ । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार