होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेपाल निजामति कर्मचारी संगठन बडीमालिकाको अध्यक्षमा खड्का
राजनीति

नेपाल निजामति कर्मचारी संगठन बडीमालिकाको अध्यक्षमा खड्का

  • नागरिक रैबार
नेपाल निजामति कर्मचारी संगठन बडीमालिकाको अध्यक्षमा खड्का

नागरिक रैबार/बाजुरा ११ असोज।नेपाल निजामति कर्मचारी संगठन बडीमालिका नगर इकाई कमिटीको अध्यक्षमा कृष्ण बहादुर खड्का रहनेगरी नयाँ नगर ईकाइ कमिटी गठन गरिएको छ ।

शुक्रबार नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट नगर इकाई कमिटी समेत गठन गरिएको हो ।

बडीमालिकामा २०७८ साल पौष २७ गते प्रमिला थापाको अध्यक्षतामा गठन गरिएको थियो । पुरानो इकाई कमिटीलाई विगठन गरि कृष्ण बहादुर खड्का अध्यक्ष रहने गरी नयाँ नगर इकाई कमिटी गठन गरिएको हो ।

विज्ञापन

जसमा गोरख बहादुर रावल उपाध्यक्ष, रामबहादुर खत्री सचिव, ललिता कुमारी दानी कोषाध्यक्ष, सदस्यहरुमा शुभराज खड्का, भक्त बहादुर विक, हिरेन्द्र बहादुर विक, भानुभक्त जोशी, विमला थापा र कृष्ण बहादुर रोकाया चयन भएका छन् ।

त्यस्तै नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले नयाँ ६ जनालाई नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध हुने गरी नयाँ सदस्यता दिएको छ ।

नेपाल निजामति कर्मचारी संगठन नगर इकाइ कमिटीकी अध्यक्ष प्रमिला थापाको अध्यक्षतामा आज सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशी रहेका थिए ।

नगर इकाइ कमिटीका सचिव गोपाल महतले संचालन गरेको उक्त प्रशिक्षण कार्यक्रमबाट पुरानो कमिटीलाई पुनरगठन गरि नयाँ नगर इकाइ कमिटी चयन र नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश हुने कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कमिटी सचिव दिपेन्द्र पाण्डे, काेषाध्यक्ष शेरबहादुर बुढा सदस्य रमेश विक लगायत कर्मचारी संगठनमा आवद्व कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि