होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न
Breaking News

जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा ११ असोज। आर्थिक वर्ष २०८०/८१ को  जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाजुराकोे आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

जिल्लाका ९ वटै स्थानीय तह, प्रदेश अन्तरगतका कार्यालय र संघसंस्थाका प्रमुख एंव प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रमुख लगायतको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

समिक्षा कार्यक्रममा जिल्लाका ९ मध्ये ६ वटा पालिका त्रिवेणी, बुढीगंगा, बडीमालिका नगरपालिका, खप्तड छेडेदह, हिमाली र स्वामिकार्तिक खापर गाउँपालिकाले गत आर्थिक बर्षमा भए गरेका बार्षिक प्रगतिको प्रस्तुतिकरण गरेका थिए ।

विज्ञापन

त्यस्तै शहरी विकास तथा भवन कार्यालय डोटी,डिभिजन बन कायाृलय बाजुरा, गिफ्ट नेपाल बाजुरा, पीसविन, महिला विकास मञ्च र एकिकृत विकास समाज नेपालले बार्षिक प्रगति प्रस्तुत गरिएको थियो । कार्यक्रममा जगन्नाथ र गाैमुल अनुपस्थिति थिए भने बुढीनन्दा सहभागी भएपनि प्रतिवेदन पेश गरेन् ।

जिल्ला स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रदेश मातहतका कार्यालयहरुका कार्यालय प्रमुखहरुले आर्थक वर्ष २०८०÷८१ मा कार्यालयले सम्पन्न गरेका कार्यक्रमहरुको प्रगति वार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए ।

वर्षमा कम्तिमा एकपटक जिल्लाका स्थानीय तह तथा संघ र प्रदेश मातहतका कार्यालयहरुले वर्षमा गरेका कामहरुको प्रगति विवरण विभिन्न सरोकारवाला निकायको उपस्थितिमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरेर प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समिति बाजुराका निमित्त कार्यालय प्रमुख दिपेन्द्र पाण्डेलेले बताएका छन् ।

जिल्ला समन्वय समिति संचालन ऐनको २०७५ को परिच्छेद ३ बमोजिम जिल्ला समन्वय समितिको काम भनेको, संघ प्रदेश र स्थानिय तहका कार्यक्रमहरुलाई बिकाश निर्माणमा सन्तुलन कायम गर्नु तथा समन्वय गर्ने ब्यवस्था रहेको छ । जिल्ला समन्वय समिति बाजुराका उपप्रमुख लाछु सार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर रहेका थिए ।

वार्षिक समिक्षा कार्यक्रममा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली, नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावत, नेपाली काँग्रेसका बडीमालिका नगरकार्यसमिति सभापति गोपाल कार्की, नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापा, शसत्र प्रहरी प्रमुख स्याम रावत लगायत जिल्लास्थित संघ संस्थाका प्रतिनिधि प्रदेश मातहतका कार्यालयका प्रमुख लगायत पत्रकारको उपस्थिति रहेको थियो । बडीमालिका नगरपालिकाको सभाहलमा भएको बार्षिक समीक्षा कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार