नागरिक रैबार/बाजुरा ११ असाेज । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली बाजुरा आउने भएका छन् ।
नेकपा एमाले बाजुराको भाेलिदेखि संचालन हुने प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली बाजुरा आउन लागेकाे पार्टीका प्रचार विभाग प्रमुख राजन राेकायाले बताएका छन् । उपमहासचिव ज्ञवाली आज साँझ मार्तडी आईपुग्नेछन् ।
असाेज १२ देखि १४ सम्म संचालन हुने पार्टीको प्रशिक्षण कार्यक्रमलाई उपमहासचिव ज्ञवालीले प्रशिक्षण दिने भएका छन् ।
सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा हुने प्रशिक्षण कार्यक्रममा सम्पुर्ण जिल्ला कमिटी सदस्य तथा लेखा समिति अध्यक्ष र पालिका अध्यक्षहरु समेतलाई प्रशिक्षण हुने नेकपा एमाले बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु