होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा एकजुट होऔं : मन्त्री पाण्डे
देश/प्रदेश

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा एकजुट होऔं : मन्त्री पाण्डे

  • नागरिक रैबार
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा एकजुट होऔं : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। ४५ औं पर्यटन दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै पर्यटन मन्त्री पाण्डले हाम्रो संस्कृति,प्रकृति,सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आवद्ध गर्दै नेपालाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताएका हुन्।

‘हाम्रो संस्कृति, प्रकृति,सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक छ । पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद भ्रमणको अनुभूति हुने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो । विश्वव्यापी कोभिड-१९ महामारीले नेपालको पर्यटन क्षेत्रलाई गम्भीर असर पुयाए पश्चात् नेपालमा पर्यटकको सङ्ख्या सन् १९७७ पछिको सबैभन्दा न्यून अवस्थामा पुग्ने दुःखद अवस्था सिर्जना भएको थियो ।

तथापि,नेपालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि लिएका नीति, कार्यक्रम तथा प्रयासको परिणाम स्वरूप सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या १० लाख १४ हजार र सन् २०२४ को पहिलो महिनामा ७ लाख २२ हजार पुग्नुले यस क्षेत्रमा उत्साहको अवस्था सिर्जना भएको छ,’शुभकामना सन्देशमा उल्लेख छ।

विज्ञापन

मन्त्री पाण्डेले पर्यटनको महत्त्वपूर्ण पूर्वाधार हवाई यातायातका लागि नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई सुरक्षा ( Air Safety ) सुधारका नीतिगत र संरचनागत कामहरू अघि बढाइएका बताएका छन्। संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने,पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढेका उनको भनाइ छ।

शुभकामना सन्देशमा भनिएको छ,’पर्यटनको एक महत्त्वपूर्ण पूर्वाधार हवाई यातायातका लागि नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई सुरक्षा ( Air Safety ) सुधारका नीतिगत र संरचनागत कामहरू अघि बढाइएका छन् । यस बीचमा नयाँ पर्यटन नीति र ऐन तथा नयाँ संस्कृति नीति तर्जुमा गर्ने कार्य अगाडि बढाइएको छ। १६औँ योजना, दिगो विकास लक्ष्य र क्षेत्रगत नीति तथा कार्यक्रमद्वारा पर्यटन क्षेत्रलाई रोजगारी, वैदेशिक मुद्रा आम्दानी, अन्तर्राष्ट्रिय पहिचान एवं भ्रातृत्वको विकास गर्न महत्त्वपूर्ण माध्यम मानिएको छ।

सङ्घ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र सँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजना सहित मन्त्रालयबाट कार्यहरू अगाडि बढेका छन् । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण स्तरसम्म पुयाउन ग्रामीण पर्यटन,पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त देखिन्छ । नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ,सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार