होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गौमुलका ३ वटा वडामा निःशुल्क आँखा शिबिर संचालन, १ हजार बढीकाे उपचार
देश/प्रदेश

गौमुलका ३ वटा वडामा निःशुल्क आँखा शिबिर संचालन, १ हजार बढीकाे उपचार

  • नागरिक रैबार
गौमुलका ३ वटा वडामा निःशुल्क आँखा शिबिर संचालन, १ हजार बढीकाे उपचार

नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका ३ वटा वडामा स‌ंचालन गरिएको निःशुल्क आँखा शिविरबाट १ हजारभन्दा बढीले उपचार सेवा लिएका छन्  । नागरिकहरुमा भएकाे अन्धोपन न्युनीकरण गर्ने उद्देश्यसहीत गाैमुलका ३ वटा वडामा सञ्चालन गरिएको उक्त शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा परीक्षण गरिएको हो ।

गौमुल गाउँपालिकाको समन्वय तथा जिल्ला आँखा अस्पताल केन्द्र बाजुराको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको गाैमुल गाउँपालिकाले जनाएकाे छ । आर्थिक अभाव लगायत विभिन्न कारणले अस्पताल सम्म नगई न्युनदृष्टिको समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चान गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

शिविरमा वडा नंं.३ मा २ सय ४५ जना, वडा नं.४ मा ३ सय ७५ र वडा नंं.५ मा ३ सय ८६ गरी जम्मा १ हजार ६ जनाको आँखा परीक्षण गराएको स्वास्थ्य शाखा प्रमुख विकले बताए ।

विज्ञापन

ती मध्ये २० जनालाई चस्मा वितरण गरिएको छ । भने १२ जनालाई रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख विकले बताए । बाँकी रहेका वडा १, २ र ६ नम्बर वडामा समेत केही दिनपछि निःशुल्क आँखा परीषण शिविर सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार