होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामिकार्तिकमा “आमा पहिलो कार्यक्रम” संचालन
Breaking News

स्वामिकार्तिकमा “आमा पहिलो कार्यक्रम” संचालन

  • नागरिक रैबार
स्वामिकार्तिकमा “आमा पहिलो कार्यक्रम” संचालन

नागरिक रैबार। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “आमा पहिलो कार्यक्रम” लागु गरेको छ । जिल्लामै सबैभन्दा बढी कुपोषण भएको पालिकाको रुपमा चिनिने उक्त पालिकाले आमाको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्येनजर गरि पहिलो पटक आमा पहिलो कार्यक्रम लागु गरेको हो ।

विकट तथा पिछडिएको पालिकाको रुपमा रहेको स्वामीकार्तिक गाउँपालिकाले पहिलो चरणमा यहाँका १०७ वटा आमा समूहहरू मध्ये ३९ आमा समुहहरूका आमा संग भेटघाट तथा छलफल गरी तथ्याकं लगिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

गाउँपालिकाको मिगु देखि फयाल गाउँसम्म प्रत्येक घर नछुटने गरी ११९ आमा समुहहरुमा दुई हजार ४०० आमाहरू आवद्व भएका छन । प्रत्येक आमाहरूको निःशूल्क बैंक खाता खोली प्रति व्यक्तिका दरले चार हजार १२४ रूपैयाँ जम्मा गरेको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । यहाँका नागरिक तथा आमा समुहलाई सक्रिय बनाउन र कूपोषणलाई न्युनीकरण गर्न उक्त कार्यक्रम लागु गरिएको अध्यक्ष रोकायाले बताए ।

विज्ञापन

“आमाको खातामा आफुले आम्दानी गरेको केही अंश बचत गर्ने, प्रत्येक आमाले पाँच किलो दाल समूह मार्फत जम्मा गर्ने र जुन दाल विद्यालयको दिवा खाजाका लागि विक्री गरी बेचेको दालबाट आएको पैसा आमाकै खातामा जम्मा गरिने छ ।” गाउँपालिकाले प्रत्येक आमा समुहलाई प्रत्येक वर्ष एक आयमूलक योजना छनौट गरी लागु गर्नुका साथै आफुले उत्पादन गरेको समुह मार्फत विक्री गर्नुपर्ने र सो उत्पादन गरेको वस्तु गाउँपालिकाले नै खरिद गर्ने स्पष्ट पार्नुभयो ।

गाँउमा मदिरा तथा जुवा जन्य समाजमा खलल पुर्याउने ब्यक्तीलाई आमा समूहद्धारा बन्द गर्ने । त्यसैगरि छाउपडी, बाल बिवाह, छुवाछुत जस्ता जघन्य प्रथालाई समाजबाट हटाउन आमा समुहलाई जिम्मेवारी दिने गरी सो कार्यक्रम लागु अध्यक्ष रोकायाको योजना रहेको छ ।उक्त कार्यक्रम पालिकाको निती तथा कार्यक्रममा समेटका छौं । पालिकाले यो कार्यक्रम लागु गरेपछि यहाँका कूपोषण आमाहरुका लागि प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।आमा कार्यक्रमलाई निरन्तरता दिनका लागि सम्वद्ध सबै निकायसंग समन्वय तथा पहल कदमी गरिरहेको अध्यक्ष रोकायाको भनाई रहेको छ । आमा कार्यक्रम लागु गर्ने जिल्लाको पहिलो पालिका हो ।

आमा पहिलो कार्यक्रम संचालनका लागि गत आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगबाट एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस वर्ष गाउँपालिकाले पनि उक्त कार्यक्रम प्रभावकारि बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकमा सबै भन्दा बढी कुपोषित भएको पालिका भएकाले कुपोषण न्युनीकरण गर्नका लागि पोषण सुधार कार्यक्रम मार्फत “आमा पहिलो कार्यक्रम” लागु गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार