होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजदेखि ४ दिनसम्म भारी वर्षा हुने, शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह
समाचार

आजदेखि ४ दिनसम्म भारी वर्षा हुने, शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह

  • नागरिक रैबार
आजदेखि ४ दिनसम्म भारी वर्षा हुने, शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विभागको बिहिबारको प्रक्षेपणअनुसार बिहिबारदेखि १३ गते आइतबारसम्म ४ दिन भारी वर्षा हुने भएपछि भोलि र पर्सि रात्रीकालिन बस नचलाउन आग्रह गरेको हो ।

त्यस्तै प्राधिकरणले सो समयमा धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न , दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान आग्रह गरेको छ ।

त्यस्तै नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनी वा घरबाहिर नबस्न, विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार