होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • चेतनका हत्यारालाई कारबाहीको माग गर्दै एमालेले सूरू गर्याे शान्तिपूर्ण आन्दोलन
Breaking News

चेतनका हत्यारालाई कारबाहीको माग गर्दै एमालेले सूरू गर्याे शान्तिपूर्ण आन्दोलन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चेतनका हत्यारालाई कारबाहीको माग गर्दै एमालेले सूरू गर्याे शान्तिपूर्ण आन्दोलन

नागरिक रैबार। अनेरास्ववियुका नेता स्वर्गीय चेतनदीप अयडी हत्याका आरोपीहरुलाई कारबाहीको माग गर्दै नेकपा एमाले बाजुराले आजबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अयडीको हत्यामा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीकाे माग राख्दै  शान्तिपूर्ण आन्दोलन तथा धर्ना कार्यक्रम सुरु गरेको एमाले सचिव काँशी विकले बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदीप अयडीको हत्या आरोपीतलाई कारबाहीको माग सहित न्यायका लागि शान्तिपूर्ण आन्दोलन आजबाट सदरमुकामा मार्तडीमा सुरु गरेको पार्टी अध्यक्ष भरत थापाले बताएका छन् ।

निर्दोष नफस्न र दोषीलाई कारबाही गर्नका लागि आफुहरुको आन्दोलन जारी रहेको अध्यक्ष थापाको भनाई रहेको छ ।

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदीप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप रहेको छ ।

घरमै गएर निर्मम तरिकाले कुटपिट गरी हत्या गरिएका अयडीको घटनाकाे दोषीलाई कारबाही र घटनाको निष्पक्ष छानबीनको माग राख्दै  एमाले निकट संगठनहरुले विभिन्न समयमा आन्दाेलन गर्दै आएका छन् ।

सामुहिक आक्रमण गरी हत्या गर्ने कार्यमा संलग्नलाई सबैलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग रहेको छ । शान्तिपूर्ण आन्दोलन तथा धर्ना कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै