होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • स्वामीकार्तिक खापरले भन्योः उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरण नगर्नु
राजनीति

स्वामीकार्तिक खापरले भन्योः उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरण नगर्नु

  • नागरिक रैबार
स्वामीकार्तिक खापरले भन्योः उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरण नगर्नु

नागरिक रैबार/बाजुरा १० मंसिर। स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ ।

गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा रोक लगाएको हो ।

गाउँपालिकाले सम्पूर्ण वडाभित्र निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुन्जेलसम्मका लागि नसाजन्य पदार्थ उत्पादन, ओसारपसार बेचविखन तथा सेवन गर्न पूर्ण रुपमा निषेध गर्न गाउँपालिकाबासीलाई सूचना मार्फत सचेत गराएको हो ।

विज्ञापन

निर्वाचन अवधिभर गाउँपालिकाले गरेको सूचना अनुसार मदिरा सेवन, विक्रि वितरण, ओसारपसार लगायतका कार्यहरु गरेमा कानुन अनुसार कारवाही बताएको छ । गाउँपालिकाको उपाध्यक्ष पदका लागि यहि मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।
May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार