होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेतनहत्याका अभियुक्तलाई छाड्न आदेश दिने न्यायाधिस रावत विरुद्ध उजुरी
समाचार

चेतनहत्याका अभियुक्तलाई छाड्न आदेश दिने न्यायाधिस रावत विरुद्ध उजुरी

  • नागरिक रैबार
चेतनहत्याका अभियुक्तलाई छाड्न आदेश दिने न्यायाधिस रावत विरुद्ध उजुरी

नागरिक रैबार/बाजुरा ९ असोज।अनेरास्ववियुका नेता स्वग्रीय चेतनदीप अयडीको हत्याका अभियुक्तलाई साधारण तारिखमा जाड्न आदेश दिने न्यायाधिस प्रकाशमानसिंह रावत  र अव्दुल अजिज मुसलनका विरुद्ध जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत संसदीय सुनुवाइ समितिलाई उजुरी गरिएको छ ।

चेतनको हत्यामा संलग्न भएको प्रमाण हुँदा हुँदै न्यायाधिस रावत र मुसलनले तत्य प्रमाणलाई अनदेखा गरी इजलासमा निष्पक्षताका लागि गरिनुपर्ने व्यवहार नगरी दोषीलाई साधारण तारेखमा छाड्न आदेश दिएका न्यायाधिसलाई संवैधानिक परिसदको नियुक्तिलाई बदर गर्न माग गर्दै चेतनका बुवा गगने अयडी उजुरी दिएका हुन् ।

हत्या जस्तो अपराधका अभियुक्तलाई सामान्य तारिखमा छाड्ने आदेश न्यायधिसद्धयले दिएकाले दुवै जनालाई न्यायधिस र प्रधानन्यायाधिस जस्तो गरिमामय पदमा नियुक्तीका लागि सिफारिस नगर्न संवैधानिक परिषदलाई जिल्ला प्रशासन कार्यालय मार्फत चेतनका बुवा अयडीले उजुरी मार्फत आग्रह गरेका छन् ।

विज्ञापन

२०७९ मंसिर ४ गते आम निर्वाचनमा त्रिवेणी नगरपालिका–७ मा अनेरास्ववियुका नेता चेतनको क्रुर हत्यामा जुद्धबहादुर अयडी, विनोद बहादुर अयडी, चक्रबहादुर अयडी, भुपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह अयडीलाई बाजुरा जिल्ला अदालत र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा पठाएपनि सर्वोच्च अदालतमा निज अभियुक्तहरुको मुद्धा बदर गराउन न्यायाधिसद्धय रावत र मुसलनको भुमिका रहेको चेतनका बुवाले दिएको उजुरीमा उल्लेख छ ।

छोराको वीभत्स र क्रुर हत्या गरिएको मुद्दामा समेत राजनीतिक आग्रह पुर्वाह राखेर घटनामा जोडिएकाहरुलाई उन्मुक्ती दिने गरि आदेश जारी गरेको आरोप सहीत ऐडीले राउतलाई प्रधानन्यायाधीसमा अनुमोदन नगर्न उजुरी दिएको बताएका छन् ।

संघ र प्रदेशको निर्वाचनकै बेला भएको विवादलाई लिएर घरमै पुगेर, लुकीरहेको व्यक्तिलाई बाहिर निकालेर ढुंगा र लाठिले कुटीकुटी हत्या गरिएको भीडियोमा समेत देखिने गरेको छ । घटनामा संलग्न रहेको आरोपमा परिवारका तर्फबाट त्यो बेला २४ जना विरुद्ध उजुरी दिएको थियो ।

राउतले उजुरी दिएका मध्ये ६ जनालाई धरौटी समेत नलिइ साधारण तारिखमा उन्मुक्ती दिएको र राजनीतिक आस्था र लाभबाट प्रभावित भएको आरोप आफन्तका तर्फबाट उजुरीमा उल्लेख छ । पूर्वाग्रही, पक्षपाती र कार्यक्षमताको अभाव भएका व्यक्तिलाई प्रधानन्यायाधीस बनाउनु नहुने माग उजुरीमा छ ।
न्यायलयको प्रमुख बनाउने विषय प्राविधिक योग्यताले मात्रै नहुने भएकोले निष्ठा, नैतिकता, निष्पक्षता, इमानदारीता र न्याय सम्पादनमा नेतृत्व क्षमता पनि चाहिने हुँदा राउतसँग त्यो नभएकोले अनुमोदन नगर्न भनिएको छ । उक्त घटनाको आदेश राउत र अर्का न्यायाधिस अब्दुल अजिज मुसलमानको सयुक्त इजालसले दिएको हो ।
कुनै दल निकट र दलिय आस्थामा रही न्याय सम्पादन गर्ने व्यक्तिलाई न्यायपालिकाकै प्रमुख बनाउने कुरा गम्भीर त्रुटी हुने विषय उजुरीमा उल्लेख गरिएको छ । राउत माथि चेतन अयडीको वीभत्स हत्यामा जोडिएका व्यक्तिलाई साधारण तारेखमा छोडेकोले नै उनिविरुद्ध उजुरी गरिएको चेतनका बुवा गगन अयडीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार