होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नागरिकको गुनासो व्यवस्थापन सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
समाचार

नागरिकको गुनासो व्यवस्थापन सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
नागरिकको गुनासो व्यवस्थापन सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा ९ असोज।बाजुराको बडीमालिका नगरपालिकामा नागरिकहरुको गुनासो व्यवस्थापन सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज संजालको आयोजना, युरोपियन युनियन (सयुक्त राष्ट्र संघ) को सहकार्य र बडीमालिका नगरपालिकाको समन्वयमा उक्त एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

एकदिने अभिमुखिकरण कार्यक्रममा वडा स्तर, विषयगत शाखा र पालिका स्तरमा आउने आम नागरिकहरुका गुनासाहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

स्थानीय तह स्तरमा प्राप्त गुनासाहरुको जाँज गरी विषयगत वग्रीकरण र प्राथमिकताका आधारमा निर्धारण गर्ने र गुनासो व्यवस्थापन प्रक्रिया मार्फत आउने गुनासालाई समयमै सम्वोधन गरी जनउत्तरदायी सरकार बनाउने गरि कार्यक्रमको आयोजना गरिएको निड्स नेपालका फिल्ड सहायक रामदेवी थापाले बताएकी छन् ।

विज्ञापन

बडीमालिका नगरपालिकाको गुनासो व्यवस्थापन कार्यविधि २०८० अनुसार नगरपालिकालाई शुसासन, स्वच्छ प्रशासन, जनउत्तरदायी सरकार र जन सहभागितामुलक सरकार बनाउन नगरपालिकाले कार्यविधि बनाएको अधिवक्ता तुलाराम जैशीले बताएका छन् । नगरपालिकाको गुनासो व्यवस्थापन कार्यविधि अनुसार पालिकामा आमनागरिकको गुनासोको उजुरी तथा गुनासो प्राप्त गर्ने माध्यम, गुनासो कसरी गर्ने भन्ने बारेमा अधिवक्ता जैशी कार्यक्रममा सहभागिहरुलाई जानकारी गराएका थिए ।

वडागत, विषयगत शाखा र पालिका स्तरमा विभिन्न माध्यामबाट प्राप्त गुनासोको सुनुवाई र सम्वोधन गर्नका लागि पालिकाले गुनासो व्यवस्थापन कार्यविधि २०८० बनाएकोले सोही अनुसार गुनासाहरुको सम्वाेधन भइरहेको कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख अमर खड्काले बताएका छन् ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा, वडा नम्वर २ का डम्बर महत, ३ का डवल रोकाया, ५ का धर्मपाल मिजार, ७ का धर्मराज पाध्याय, ८ का चन्द्रबहादुर थापा र ९ का अध्यक्ष सुर्यकिरण विक लगायत नगरपालिकामा कार्यरत विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । महिला तथा बालवालिका शाखाकी विन्दु बडालले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य निड्स नेपालकी फिल्ड सहायक रामदेवी कटुवालले गरेकी थिईन् । कार्यक्रम बडीमलिका नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार