होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • बाजुराका उच्च हिमाली भेगमा हिमपात, मार्तडीमा चिसो बढ्यो
जगन्नाथ

बाजुराका उच्च हिमाली भेगमा हिमपात, मार्तडीमा चिसो बढ्यो

  • नागरिक रैबार
बाजुराका उच्च हिमाली भेगमा हिमपात, मार्तडीमा चिसो बढ्यो

नागरिक रैबार/बाजुरा ९ पुस। सोमबार रातिदेखि बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जिल्लाकाे  पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदहका उच्च लेकाली भेगमा हिमपात भएको हाे।

वर्षासंगै बादल लागेपछि सदरमुकाम मार्तडीमा जाडो बढेको छ । भने करिव २ सातापछि वर्षा भएपछि स्थानीय कृषकहरु खुसी भएका छन् ।

हिमपातका कारण पहाडहरु सेताम्मे बनेका छन् । यसअघि मंसिरको अन्त्यमा समेत हिमपात भएको थियो । दुई पटक हिमपात र वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारी लगायत किसानलाई फाईदा पुगेको छ ।

विज्ञापन

उच्च भेगमा हिमपात भएपछि चिसो बढेको छ । चिसोसँगै हिमपात भएपछि विद्यार्थी, वृद्धवृद्धा, दिर्घरोगी र यातायात सेवालाई समस्या समेत भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार