नागरिक रैबार । बाजुराको बढीगंगा नगरपालिका २ स्थित कन्सन बाजुरामा अध्ययनरत अनाथ बालवालिकाको पठनपाठनलाई लक्षित गरेर नगद १० हजार बराबरको सहयोग गरिएको छ ।
दशै तिहारमा हुने फर्चुल खर्च कटौती गरेर कन्सन बाजुरामा रहेका अनाथ बालवालिकाहरुको सहयोगका लागि १० हजार सहयोग गरिएको सामाजिक अभिायन्ता तथा बुढीगंगा नगरपालिका १० का युवा पारस रावलले बताएका छन् ।
उनका अनुसार कन्सन बाजुरामा अध्ययनरत बालवालिकाका लागि महिला अधिकारकर्मि पशुपति कुवँरबाट ५ हजार, पारस रावल १ हजार, समाजसेवी युवा नेता भरत कुवँरबाट ३ हजार, चक्र थापा १ हजार, रण साउद १ हजार सहयोग गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु