होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा माओवादी केन्द्र बाजुराको इन्चार्जमा कर्णबहादुर विक
Breaking News

नेकपा माओवादी केन्द्र बाजुराको इन्चार्जमा कर्णबहादुर विक

  • नागरिक रैबार
नेकपा माओवादी केन्द्र बाजुराको इन्चार्जमा कर्णबहादुर विक

नागरिक रैबार। नेकपा माओवादी केन्द्र बाजुराको इन्चार्जमा कर्णबहादुर विक (केशव) लाई जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रले बाजुरासहित सुदूरपश्चिमका ९ वटै जिल्लामा इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो।

सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै इन्चार्जहरु यथावत छन्। यस अगाडिदेखि नै कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विक (केशव) र बैतडीमा नरेन्द्र बहादुर कुँवर इन्चार्ज थिए। उनीहरू यथावत छन्।

त्यस्तै पहिले कैलालीमा हरि ज्ञवाली इन्चार्ज भएकोमा अहिले उनलाई हटाएर नेपबहादुर चौधरीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै डोटीमा शिव ओलीलाई हटाएर त्रिलोचन भट्टलाई जिम्मेवारी दिइएको छ। त्यस्तै डडेल्धुरामा जगत पार्कीलाई हटाएर कुन्ती जोशीलाई इन्चार्ज तोकिएको छ। उता अछाममा झपट साउदलाई हटाएर शरदसिंह भण्डारी इन्चार्ज बनेका छन्। यस्तै दार्चुलामा लक्ष्मी विकलाई हटाएर लक्ष्मणदत्त जोशीले इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यस्तै बझाङमा मिनबहादुर कुँवरलाई जिम्मेवारी दिइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार