होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • असोज १२ गतेबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने
देश/प्रदेश

असोज १२ गतेबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने

  • नागरिक रैबार
असोज १२ गतेबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ — दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ । जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र उनीहरुको गुनासा सुन्ने छन् ।

गत वर्ष भने घटस्थापनाको ६ दिन अघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । योपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैंकालागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए ।

विज्ञापन

दसैंकाबेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मतसम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका छन् । सडक विभागकाअनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । मनसुन सक्रिय भइरहेकाले भने मर्मतमा केही समस्या भएको विभागले जनायो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार