होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु
देश/प्रदेश

रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु

  • नागरिक रैबार
रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका हुन् ।

उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको पनि बताए । यस्तै सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

यस्तै सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको बताएको उल्लेख गरेका छन् । त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको उनले बताए । यस्तै सभापति छामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै राजनीतिबाट राजीनामा दिनु नपर्ने बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार