होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा भरुवा बन्दुक प्रहार गरि घाइते बनाउने एक युवक पक्राउ
Breaking News

बाजुरामा भरुवा बन्दुक प्रहार गरि घाइते बनाउने एक युवक पक्राउ

  • नागरिक रैबार
बाजुरामा भरुवा बन्दुक प्रहार गरि घाइते बनाउने एक युवक पक्राउ

नागरिक रैबार। बाजुरामा भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका- ३ रिउडाका ५४ वर्षका बिर बहादुर शाहीलाई भरुवा बन्दुक प्रहार गरि घाइते बनाएको आरोपमा सोहि गाउँपालिकाका २७ वर्षिया प्रवेश शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

असोज ५ गते राती १० बजेको समयमा प्रवेश शाहीले सोही गाउँपालिकाका ४० बर्षका धिरेन्द्र शाहीलाई भरुवा बन्दुकले प्रहार गर्न खोज्दा बिर बहादुर शाहीलाई गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रबेशले आफूलाई बन्दुकको गोली हान्न खोज्दा धिरेन्द्र शाहीले बन्दुकको नाल समाती साइट लगाउँन खोज्दा प्रबेश शाहीले बन्दुक पड्काएपछि बिर बहादुरको निधारमा चोट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले बताएका छन् ।

विज्ञापन

सूचना अधिकारी बोहराका अनुसार बन्दुक पड्काउने प्रबेश शाहीलाई प्रहरी चौकी स्वामिकार्तिक र इलाका प्रहरी कार्यालय कोल्टीबाट गएको टोलीले असोज ६ गते भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको थियो ।

उनलाई बाजुरा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ३ दिन म्याद थप गरि अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ । घाईते बिरबहादुरको कोल्टी आधारभुत अस्पतालमा सामान्य उपचार पछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार