होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कोल्टी आधारभुत अस्पतालले विपन्न नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
Breaking News

कोल्टी आधारभुत अस्पतालले विपन्न नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोल्टी आधारभुत अस्पतालले विपन्न नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने

नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिका १ मा अवस्थित काेल्टी आधारभुत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरुको उपचार समस्यालाइ मध्येनजर गरेर अस्पतालमा आउने विरामीहरुलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेकाे छ ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा कोल्टी आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बाेहराको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
May be an image of 7 people, people studying and clarinet

बैठकले नगरभित्रका बिपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला,जेष्ठ नागरिक, आर्थिक रुपले बिपन्न विरामी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई कोल्टी आधारभुत अस्पतालबाट प्रदान गरिने नि:शुल्क आधारभुत स्वास्थ्य सेवा वाहेकका अन्य स्वास्थ्य सेवाहरुमा २० प्रतिशत र अस्पताल फार्मेशीबाट लिईने औषधीको शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको कोल्टी आधारभुत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रेम नेपालीले बताएका छन् ।

विज्ञापन

कोल्टी आधारभुत अस्पताल व्यवस्थापन समितिले २० प्रतिशत छुट दिएर स्वास्थ्य सेवा दिने निर्णय गरेपछि  बुढीनन्दा नगरपालिका भित्रका हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरिक, आर्थिक रुपले बिपन्न विरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई स्वास्थ्य सेवा प्रदान गर्न सजिलो हुने स्थानीयले बताएका छन् ।
पुर्विउत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिकासहित ४ स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका विरामीहरु समेत यस अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • १६ मिनेटutes अगाडि

भर्खरै