होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरले ल्यायो ५० करोड ३९ लाखको बजेट, कृषिलाई प्राथमिकता
समाचार

बडीमालिका नगरले ल्यायो ५० करोड ३९ लाखको बजेट, कृषिलाई प्राथमिकता

  • नागरिक रैबार
बडीमालिका नगरले ल्यायो ५० करोड ३९ लाखको बजेट, कृषिलाई प्राथमिकता

नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ ।

सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।

आज सम्पन्न भएको दोस्रो नगर सभाको १५ औं अधिवेशन पश्चात नगरपालिकाले पत्रकार सम्मेलन मार्फत आगामी वर्षको बजेट प्रस्तुत गरेको हो ।

विज्ञापन

नगरपालिकाको आर्थिक समृद्धिको आधार नै कृषि क्षेत्र भएकोले यस वर्षको बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता राखेको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

बडिमालिका नगरपालिकाको दोस्रो नगर सभा तथा १५ औं अधिबेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत नगर उपप्रमुख नन्दा थापाले गरेकी हुन । जसमा चालु तर्प ३२ करोड ५९ लाख ८८ हजार ४ सय अर्थात कुल बजेटको ६४ दशमलव ६९ प्रतिसत र पुजिगत तर्फ १७ करोड ७९ लाख ३० हजार ६ सय रुपिया अर्थात ३५ दशमलव ३१ प्रतिशत बजेट बिनियोजन गरिएको उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन ।

बिभिन्न समितिहरुअन्तरगत आर्थिक बिकाश अन्तरगत २ करोड ३१ लाख १ हजार, सामाजिक बिकाश अन्तरगत १८ करोड ८३ लाख ३६ हजार बजेट बिनियोजन गरिएको छ । त्यसै गरी पुर्वाधार बिकाश अन्तरगत ११ करोड ४३ लाख, बन वातावरण तथा पित ब्यबस्थाप शुसासन अन्तरगत १ करोड २३ लाख ६ हजार र कार्यालय संचालन तथा प्रशासनीक खर्चमा १६ करोड ५८ लाख ७६ हजार रकम बिनियोजन गरिएको छ ।

पत्रकार सम्मेलन मार्फत नगर सभामा नगरप्रमुख अमर खड्काले नीति तथा कार्यक्रम र उपप्रमुख नन्दा कुमारी थापाले बजेट प्रस्तुत गरेकी हुन् । नगर प्रबक्ता धर्मराज पाध्यायले संचालन गरेको कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी, नौ ओटै वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै