नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बुढीगंगा नगरपालिका-४ मा अवस्थित बानेगाउँमा लिफ्ट सिंचाई योजनाको समुद्धघाटन् गरिएको छ ।
सोमबार बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बानेगाउँमा निर्माण गरिएको लिफ्ट सिंचाई योजनाको एक औपचारिक कार्यक्रमका विच उद्धघाटन् गरेका हुन् ।
कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा RERAS कार्यक्रमको ९० प्रतिशत र बुढीगंगा नगरपालिकाको १० प्रतिशत लगानीमा बार्जुगाड लघु जलविद्युत उपयोग गरी बार्जुगाड खोलाबाट १ हजार ४ सय ६३ मीटर लम्बाइ र ३१८ मीटर हेड बाट माथि डाँडामा प्रति सेकेन्ड ३.५ लि. पानीले ७० हजार लिटर पानी स्टोरेज गरी बानेगाउँका घरघरमा पानी मीटर मार्फत धाराबाट सिंचाइ सेवा मार्फत कृषि उत्पादन कार्यक्रम दुर्त गतिमा भइरहेको छ।
योजनाले बानेगाउँका कृषकहरुलाई सिंचाइ मार्फत व्यवसायीक तरकारी खेति गरी आयआर्जन गर्न सहज हुने भएको छ । गाउँमा सिंचाईको अभाव नहोस भन्ने उद्देश्यले निर्माण गरिएको उक्त योजना निर्माणका लागि ७५ लाख लगानी गरिएको छ ।
नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बार्जुगाड खोलाबाट करिव १ हजार ५ सय ६३ मिटर तलबाट बानेगाउँको डाँडामा सवैभन्दा लामो दुरीको लिफ्ट सिंचाई योजना निर्माण गरिएको बुढीगंगाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
बार्जुगाड खोलाबाट लिफ्ट सिंचाई योजना मार्फत गाउँमा सिंचाई गर्न र खोनपानी उपभोग गर्न पाउने भएपनि बानेगाउँका स्थानीयहरु हर्सित भएका छन् ।
सिंचाई योजनाको समुद्घाटन कार्यक्रममा नगरउपप्रमुख माया खड्का कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद जैशी, वडा नम्वर ४ का वडा अध्यक्ष मिनबहादुर शाह, ५ का अध्यक्ष चक्र थापा, ६ का वडा अध्यक्ष तथा नगरप्रवक्ता हेमराज जैशी, कृषि विकास शाखाका कर्मचारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु