होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बुढीनन्दा नगर सरकारद्धारा एम्वुलेन्स सेवा संचालनमा
स्वास्थ्य-जीवनशैली

बुढीनन्दा नगर सरकारद्धारा एम्वुलेन्स सेवा संचालनमा

  • नागरिक रैबार
बुढीनन्दा नगर सरकारद्धारा एम्वुलेन्स सेवा संचालनमा

नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट सेवा दिने गरि आइतबार (हिजो) बाट एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो ।

नगरभित्रका दुर्गम ठाउँका विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहयोग होस भन्ने उदेश्यले नगरपालिकाले एम्वुलेन्स खरिद गरेर आइतबारबाट सेवा संचालनमा ल्याएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । एम्वुलेन्सको एक आैपचारिक कार्यक्रमका विच नगरप्रमुख जनक बोहराले पुजापाठसहित  रिवन काटेर सेवा संचालनमा ल्याएका हुन्।

नगरपालिकाले नगरबासीलाइ सेवा दिनका लागि आर्थिक वर्ष २०८०/८१ मा एम्वुलेन्स खरिद गर्नका लागि बजेट विनियोजन गरेको थियो । नगरपालिकाका नागरिकको सहजताका लागि २ महिनाअघि मात्रै एम्बुलेन्स खरिद गरिएको थियो ।

विज्ञापन

नगरभित्र अवका दिनमा विभिन्न  महामारी, गर्भवती महिला लगायत आपद विपद्मा परेका नागरिकहरुको उपचारमा समस्या नहोस भन्ने उदेस्यका साथ एम्बुलेन्स सेवा संचालनमा ल्याएको बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन्  ।

एम्वुलेन्स सेवा संचालनपछी बिशेष गरी पालिका भित्रका नागरिकलाई सेवा दिने र छिमेकी पालिका स्वामिकार्तिक,जगन्नाथ ,हिमाली र छिमेकी जिल्ला हुम्ला र मुगुका तल्लो क्षेत्रका स्थानीय तहका विपन्न नागरिकहरुले सेवा लिन पाउने भएका छन् । नगरवासीको स्वास्थ्य समस्यालाई लक्षित गरेर नगरपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएपछि नगरबासीहरु खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार