होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको जगन्नाथमा उत्पादित कागती काठमाण्डौंमा विक्रि हुँदै
Breaking News

बाजुराको जगन्नाथमा उत्पादित कागती काठमाण्डौंमा विक्रि हुँदै

  • नागरिक रैबार
बाजुराको जगन्नाथमा उत्पादित कागती काठमाण्डौंमा विक्रि हुँदै

नागरिक रैबार/बाजुरा ७ मंसिर।बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका कृषकहरुको बारीमा उत्पादन भएको कागती काठमाण्डौंमा विक्रि भईरहेको छ ।

जगन्नाथ–३ का कृषकहरुको बारीमा यस वर्ष विगतको बढी कागती उत्पादन भएको छ । तर बाजुरा कागति विक्री गर्न बजार नपाइएपछि मनोज ठकुरी लगायतका युवाहरुले गाउँबाट करिव ४० क्वीन्टल कागती खरिद तथा ढुवानी गरेर काठमाण्डौंमा विक्रि वितरण गरिरहेका छन् ।

बाजुरामा उत्पादित कागती अहिले कागठमाण्डौंको बुढानिलकन्ठ लगायतका ठाउँबाट विक्रि वितरण भईरहेको मनोज ठकुरीले बताएका छन् । कृषकको बारीबाट प्रतिकेजि ३५ का दरले खरिद गरेको र ढुवानी सहित काठमाण्डौंमा प्रतिकेजि १ सय रुपैयाका दरले कागती विक्री वितरण भईरहेको ठकुरीले बताएका छन् ।

विज्ञापन

जिल्लामा उत्पादित कागती बिक्री नहुँदा कृषकहरु समस्यामा परेपछि मनोज ठकुरीले कृषकको गाउँमै पुगेर करिव ४ लाख बराबरको कागती खरिद गरेर काठमाण्डौंमा विक्री गर्नका लागि सहजीकरण गरेका थिए ।

भारत लगायत जिल्ला बाहिरबाट आउने कागतीका कारण स्थानीय स्तरमा उत्पादित कागतीले बजार पाउन सकेको छैन् । जसको मारमा कागति उत्पादक कृषकहरु पर्दै आएका छन् ।

May be an image of ticket stub and text

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै