होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रशासन बाजुराले भन्योः विद्युतीय काम गर्दा सतर्कता अपनाउनु
समाचार

प्रशासन बाजुराले भन्योः विद्युतीय काम गर्दा सतर्कता अपनाउनु

  • नागरिक रैबार
प्रशासन बाजुराले भन्योः विद्युतीय काम गर्दा सतर्कता अपनाउनु

नागरिक रैबार/बाजुरा ६ भदौ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा विद्युतीकरण कार्य गर्दा सतर्कता अपनाएर मात्रै काम गर्न सम्वन्धित निकायलाई  निर्देशन दिएको छ ।

विहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले बाजुरा जिल्लामा विद्युतिकरण सम्वन्धि काम गर्दा धेरै लापरवाही भएकोले यस्तो निर्देशन दिएको हो ।

विद्युतको काम गर्दा लापरवाही गरेकै कारण जिल्लामा दिनप्रतिदिन दुर्घटना बढ्दै गई नागरिक र कामदारहरुको ज्यान गएको, अशक्त, अपाङग, भएको हुँदा आगामी दिनमा यस्तो कार्य गर्दा सतर्कता अपनाएर मात्रै काम गर्न गराउन सम्वन्धित सवैलाई जानकारी सूचना मार्फत निर्देशन दिएको हो ।

विज्ञापन

जिल्लामा माईक्रो हाईड्रो र राष्ट्रिय प्रशारण लाईनको क्रसिङ सेक्सनमा काम गर्दा सम्वन्धित निकायहरुविचमा आवश्यक समन्वय गरेर मात्रै काम गर्नुपर्ने, विद्युत लाईन सटडाउन भएको सुनिश्चित गर्न सम्वन्धित कार्यालयको प्रतिनिधि खटाउने, विद्युत सम्वन्धि कार्य दक्ष कामदारबाट मात्रै गराउने, विद्युत सम्वन्धि कार्यगर्दा सुरक्षा सम्वन्धि उपकरण पूर्ण रुपमा प्रयोग गरेर मात्रै गर्ने र विद्युत सम्वन्धि कार्य गर्दा उचित सुरक्षा र सावधानी अपनाएर मात्र काम गर्नुपर्नेछ प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बाजुरामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् । भने दर्जन बढी घाइते भएका छन् । अस्तव्यस्त लाइन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार