होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

  • नागरिक रैबार
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ ।

बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि उनले बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न लागेका हुन् । उनको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिने छ ।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटक खुलाउन सहमत भएसँगै गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लाने भएका हुन् ।

बिहीबार अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाटै पास गरेपछि २०८० कात्तिक २७ अघि जस्तै नेपालमा टिकटक चलाउन पाइने छ ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । खास गरी एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ता शान्ति बरालबारेका आपत्तिजनक सामग्री भाइरल भएपछि टिकटलाई सरकारले निशाना साँधेको थियो।

त्यसबेला यी दुईजनासँग सम्बन्धित कन्टेन्ट भाइरल भएपछि सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रचण्डले सरकार छाडिसकेपछि सत्तामा फर्किएका केपी शर्मा ओली क्याबिनेटले फेरि टिकटकलाई खुलाउने निर्णय लिन लागेको हो ।

टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हटाउने निर्णयमा सरकार पुग्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले पछिल्लो पटक पठाएको पत्रका आधारमा मन्त्री गुरुङ पनि प्रतिबन्ध खुलाउन लचिलो भएका थिए ।

अब सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध हटाउने तयारी थालेको छ । त्यसका लागि क्याबिनेटमा प्रस्ताव लैजाने गरी तयारी थाल्न सञ्चारमन्त्री गुरुङले कर्मचारीलाई निर्देशन दिएका थिए ।

टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालना गर्ने जनाएको छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकलाई नेपालमा चल्न नमिल्ने गरी प्रतिबन्ध लगाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार