होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
देश/प्रदेश

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

  • नागरिक रैबार
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं– भारतको पाँच दिनको भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारतको नयाँदिल्ली गएकी मन्त्री राणा आज अपराह्न ४ बजे स्वदेश आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छिन्।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार