होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले बडीमालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा उपाध्याय
Breaking News

एमाले बडीमालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा उपाध्याय

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले बडीमालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा उपाध्याय

नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा भोरजराज उपाध्याय निर्विरोध चयन भएका छन् ।

शनिवार सम्पन्न भएको वडा कमिटीको तेस्रो वडा अधिवेशनबाट पाध्याय निर्विरोध रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि दोस्रो अधिवेशनबाट उपाध्यक्ष बनेका उपाध्याय तेस्रो अधिवेशनमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा धनसरा विष्ट, सचिव दिनेश चंदारा, सहसचिव सुमन विक, सहसचिव पार्वती नेपाली रहेका छन् ।कमिटीको सदस्यहरुमका सीता खड्का, विष्णुमाया बडुवाल, अमृता चंदारा, सुरेन्द्र सार्की, बसन्त विक, हिमाल नेपाली, कविता उखेडा, जमुना विक, गगने सनाई लगायत वडा कमिटी २१ सदस्यीय गठन गरिएको निर्वाचन समितिका संयाेजक धिरन विकले बताएका  छन् ।

विज्ञापन

नेकपा एमाले नम्वर वडा कमिटीको कार्यवाहक वडा अध्यक्ष भोजराज पाध्यायको अध्यक्षतामा भएको तेस्रो वडा अधिवेशनलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले उद्धघाटन् गरेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य सरिता नेपाली, माया खड्का, बडीमालिका नगर संगठन कमिटी राजेश विक, बडीमालिका नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष सुर्यकिरण विक लगायत एमाले आस्थावान पार्टीका नेता तथा कार्यक्रर्ताहरुको सहभागिता रहेको थियाे ।

एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीका सचिव रामबहादुर विकले संचालन गरेको कार्यक्रम ग्रामिण दलित सामुदायिक संस्थाको कार्यालयमा गरिएको थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै