नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको बुढीगंगा नगरपालिकाले पालिकाभित्र उत्पादन भएको खाद्यन्न बालीहरु बाहिर लिएर विक्रि नगर्न सार्वजनिक सूचना मार्फत कृषकहरुलाई सचेत गराएको छ ।
बुधबार नगरपालिकाले नगरका १० वटै वडाका सम्पूर्ण समुदाय तथा वस्तीहरुमा उत्पादन खाद्यन्न बाली तर्फ मकै, कोदो, दलन बाली तर्फ दालका प्रकारहरु नगरपालिका भन्दा बाहिर विक्री नगर्न कृषकहरुलाई अनुरोध गरेको हो ।
बुढीगंगाका कृषकहरुको खेतबारिमा उत्पादन भएको खाद्यन्न बालि र दलन बालीबालीको खरिदको जिम्मा नगरपालिकाले लिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
फेसबुक प्रतिक्रियाहरु