होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुरामा करेन्ट लागेर घाइते भएका दुवै जनालाई सुर्खेत लगियो
बडीमालिका

बाजुरामा करेन्ट लागेर घाइते भएका दुवै जनालाई सुर्खेत लगियो

  • नागरिक रैबार
बाजुरामा करेन्ट लागेर घाइते भएका दुवै जनालाई सुर्खेत लगियो

नागरिक रैबार/बाजुरा ५ भदाै। बाजुरामा करेन्ट लागेर घाइते भएका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत उद्वार गरि सुर्खेत लगिएको छ ।

बुधबार विहान बडीमालिका नगरपालिका ६ को जडाङ्गामा करेन्ट लागेर सोहि वडाकाे कोर्धका वर्ष २८ का रुपक बडुवाल र वडा नम्वर ४ ओलेनाका ३२ वर्षिया राजेन्द्र नाथ घाइते भएका थिए ।

घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि आजै हेलिकप्टर मार्फत थप उपचारका लागि सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलले जानकारी दिएका छन् । उनका अनुसार सम्वन्धित विरामीका तर्फबाट हवाई उद्वारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने गरि हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।

विज्ञापन

वडा नम्वर ६ को कोर्धाली गाड लघुजलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा चढ्ने क्रममा नाथ र बडुवाललाई करेन्ट लागेको थियो ।  कोर्धाली गार्ड र राष्ट्रिय प्रशारण लाइनको पोल एकआपसमा नजिक र तारपनि एकअर्काबीच छोएको अवस्थामा रहेकोले उनिहरु दुवै जनालाई करेन्ट लागेकाे स्थानीयहरुले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ । जघुजलविद्युत आयोजनाको विद्यतु अफ भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बाजुरामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् । भने दर्जन बढी घाइते भएका छन् । अस्तव्यस्त लाइन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार