होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा करेन्ट लागेर २ जना घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
Breaking News

बाजुरामा करेन्ट लागेर २ जना घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

  • नागरिक रैबार
बाजुरामा करेन्ट लागेर २ जना घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

नागरिक रैबार। बाजुरामा करेन्ट लागेर २ जना घाइते भएका छन् । बुधबार विहान बडीमालिका नगरपालिका ६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका हुन् ।

गाउँमा उत्पादन गरिएको कोर्धाली गाड लघुजलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा चढ्ने क्रममा करेन्ट लागेर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते हुनेमा बडीमालिका ६ कोर्धका वर्ष २९ का रुपक बडुवाल र बडीमालिका ४ ओलेनाका २८ वर्षका राजेन्द्र नाथ रहेका छन् । घाइते मध्ये बडुवालको अवस्था गम्भीर रहेको बताइएको छ । बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरिरहेको छ । भने नाथको अस्पतालमै उपचार भइरहेको छ ।

विज्ञापन

केन्द्रीय प्रशारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । विहान साढे ८ बजेतिर करेन्ट लागेको हो । कोर्धाली गार्ड र केन्द्रीय प्रशारण लाइनको पोल पनि नजिक र तारपनि एकअर्काबीच छोएको अवस्थामा रहेको बुझिएको छ ।

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ । जघुजलविद्युत आयोजनाको विद्यतु अफ भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बाजुरामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् । भने दर्जन बढी घाइते भएका छन् । अस्तव्यस्त लाइन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार