होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट
Breaking News

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट

नागरिक रैबार/बाजुरा ५ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर-३ मा रहेको चोयाकोट मावि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट भएको छ ।

सुनसरी जिल्लामा रहेको सजिलो शिक्षा संस्थाले हालै सार्वजनिक गरेको ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तरगत बाजुराको चोयाकोट मावि एकसय ८० विद्यालय मध्ये १० औं नम्वरमा छनोट भएको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताएका छन् ।

सजिलो शिक्षा संस्थाले बाजुराको चोयाकोट मावि सहित देशभरका एक सय ८० विद्यालयहरुले तोकिएको मापदण्ड अनुरुप कागजात पेश गरे अनुसार ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट गरिएको जनाएको छ ।

विज्ञापन

विभिन्न श्रोत साधान र प्रस्तुत कागजातको विश्लेषणका आधारमा कार्यक्रमलाई सरल र प्रभावकारी रुपमा संचालन गर्नका लागि बाजुराको चोयाकोट मावि सहित देशभरका एकसय ८० विद्यालयहरु यो कार्यक्रमका लागि छनोट गरिएका हुन् ।

विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाई सोही अनुसारको शिक्षा दिक्षा दिन उक्त कार्यक्रम विद्यालयमा लागु हुने गरी छनोट भएपछि विद्यार्थीहरुको पढाई र शिक्षकहरुको शिक्षण प्रविधिमा थप सहज हुने चोयाकोट माविका प्रधानाध्यापक थापाले बताएका छन् ।

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम संचालन हुने भएपछि विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई प्रविधि सुहाउँदो शिक्षा आर्जन गर्न टेवा पुग्ने विश्वास विद्यालयले लिएको छ ।

वालवालिकाहरुलाई आईसिटी मार्फत शिक्षण सिकाई क्रियाकलापमा सहभागि गराउने र विद्यालय नै पेपरलेस बनाउने गरी योजना बनाईरहेको विद्यालयका प्रधानाध्यापक थापाको भनाई छ ।

विद्यालयका लागि यो कार्यक्रम अन्तरगत १५ वटा ल्यापटप सहित २ वटा ६५ इन्चको स्मार्ट बोर्ड समेत प्रदान गरिने भएकाे छ । इसिडि देखि कक्षा १० सम्म पढाई संचालन गर्दै आएको यो विद्यालयमा २२ जना शिक्षक कर्मचारी र ४ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ४४ मिनेटutes अगाडि

भर्खरै