होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिक उपनिर्वाचन: दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
Breaking News

स्वामीकार्तिक उपनिर्वाचन: दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

  • नागरिक रैबार
स्वामीकार्तिक उपनिर्वाचन: दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

नागरिक रैबार/ बाजुरा ३ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई जना उम्मेदवारले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएका हुन् ।

गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन्।

२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो।

यही मंसिर १६ गते हुने निर्वाचनमा रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार