होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा पनि भव्य रुपमा मनाइयो संविधान दिवस !
Breaking News

बाजुरामा पनि भव्य रुपमा मनाइयो संविधान दिवस !

  • नागरिक रैबार
बाजुरामा पनि भव्य रुपमा मनाइयो संविधान दिवस !

नागरिक रैबार। बाजुरामा पनि संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा विहिबार एक कार्यक्रमका विच दिवस मनाइएको हो । संविधान जारी भएको ९ वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा जिल्ला समन्वय समिति बाजुराले भव्यताका साथ दिवस मनाएको हो ।

May be an image of 1 person and text

दिवसकै अवसरमा विहिबार विहान मार्तडी बजारमा प्रभावत फेरी कार्यक्रमको समेत आयोजना गरिएको थियो । संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

विज्ञापन

May be an image of 5 people, slow loris and hospital

संविधान दिवस तथा राष्ट्रिय दिवस मुल आयोजक समिति तथा जिल्ला समन्वय समिति बाजुराको अगुवाईमा फलफुल वितरण गरिएको हो । विरामीहरुको स्वास्थ्य लाभको कामना सहित जिल्ला अस्पताल बाजुराका ३० बढी विरामीलाई फलफुल वितरण गरिएको संविधान दिवस तथा राष्ट्रिय दिवस मुल आयोजक समितिका संयोजक तुलसीराम रोकायाले बताएका छन् ।

May be an image of 10 people and text

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा बडीमालिका नगरपालिकाका उप प्रमुख नन्दा कुमारी थापा,सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल,नेकपा एमाले बाजुराका सचिव काँशी वि.क.,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देवबहादुर रोकाया,नेकपा समाजवादीका पार्टीका उप सचिव दीर्घराज पाध्याय लगायत जनप्रतिनिधी,सुरक्षाकर्मी,कर्मचरी लगायत सहभागी थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै