होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रहरीलाई रवि लामिछानेले भने- मलाई गाडीबाटै पोखरा लैजानुस्
Breaking News

प्रहरीलाई रवि लामिछानेले भने- मलाई गाडीबाटै पोखरा लैजानुस्

  • नागरिक रैबार
प्रहरीलाई रवि लामिछानेले भने- मलाई गाडीबाटै पोखरा लैजानुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेका छन्।शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको च:मतिस्थित पार्टी कार्यालयमा पुगेको छ। त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो।

उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको छ। उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको पनि स्रोतले बताएको छ।सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिले केहीबेरमा सभापति लामिछानेले पार्टी कार्यालयमा बोल्ने कार्यक्रम रहेको बताएका छन्।पार्टी सदस्यहरू तथा पत्रकारहरूबीच सभापति लामिछानेले आफ्ना कुरा राख्ने पनि झाले जानकारी दिए।उनले त्यसपछि सभापति लामिछाने स्थलमार्गबाट पोखरा जाने बताएका छन्। पार्टी कार्यालयमा आएका प्रहरीहरूलाई अवरोध नगर्न पनि उनको आग्रह छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै