होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पक्राउ पूर्जी जारी भएपछि पूर्व गृहमन्त्री रवि लामिछानेले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो
Breaking News

पक्राउ पूर्जी जारी भएपछि पूर्व गृहमन्त्री रवि लामिछानेले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पक्राउ पूर्जी जारी भएपछि पूर्व गृहमन्त्री रवि लामिछानेले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

काठमाडौं : आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकार मरेको र आफूलाई जुठो परेको उल्लेख गरेका छन्।

जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न शुक्रबार अनुमति दिएको छ। लामिछानेले आफूले कानुनलाई सघाउने बताएका छन्।

सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा लामिछानाई प्रहरीले पक्राउ गर्ने तयारी गरेका छन्। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको समितिले ठहर गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै