नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुरामा १ उपाध्यक्षका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । १ उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत्त संजीव पोखरेलले जानकारी दिए ।
पालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विक, नेकपा एकीकृत समाजवादी पार्टीबाट जवा शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वामीकार्तिक खापरको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसकी मैना जोशीको निधन भएका कारण यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो । पाँच वटा वडा रहेको गाउँपालिकामा उपनिर्वाचनमा ७ हजार ४ सय ६० जनाले मतदान गर्न पाउने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु