होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि ५ दलले गराए उम्मेदवारी दर्ता
देश/प्रदेश

स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि ५ दलले गराए उम्मेदवारी दर्ता

  • नागरिक रैबार
स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि ५ दलले गराए उम्मेदवारी दर्ता

नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको निर्वचान अधिकृतको कार्यालयमा आईतबार विभिन्न ५ वटा राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन ।

गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विक, नेकपा एकीकृत समाजवादी पार्टीबाट जवा शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

विज्ञापन

उपनिर्वाचनको मनोनयन दर्ताको समय तालिका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले जनाएको छ ।

मनोनयन दर्ता गर्ने क्रममा एमाले र काँग्रेसको उत्साहजनक उपस्थिति रहेको थियो भने अन्य दलबाट समेत दलवलसहित बाजागाजा गरेर मनोनयन दर्ता गर्न नेता कार्यकर्ता पुगेका थिए ।

२०७९ को स्थानीय तहको निर्वाचमा नेपाली काँग्रेस बाट उपाध्यक्षमा निर्वाचित मैनादेवी जोशीको गत माघमा निधन भएपछि यहाँ उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।

गाउँपालिकामा सत्तारुढ दल एमाले र काँग्रेस विच नै कडा प्रतिष्पर्दा हुने देखिएको छ । गाउँपालिकामा ५ वटा वडा रहेका छन् । यहाँ हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै