होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बडीमालिका-८ मा वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता हुने
खेलकुद

बडीमालिका-८ मा वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता हुने

  • नागरिक रैबार
बडीमालिका-८ मा  वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता हुने

नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को आयोजना हुने भएको छ ।

वडा नम्वर ८ को आयोजना र बडीमालिका युवा परिषदको समन्वयमा कार्तिक ४ गतेबाट संचालन हुने गरी वडा अध्यक्ष कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता २०८१ को आयोजना हुने भएको हो ।

बडा दशै तथा शुभ दिपावली २०८१ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।

विज्ञापन

प्रतियोगिताबाट विजेता टिमलाई नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगिताको उपविजेता टिमलाई १५ हजार नगदसहित ट्रफि मेडल र प्रमाण पत्र दिईने छ भने खेलको उत्कृष्ट हरुलाई सम्मान समेत गरिने भएको छ ।

प्रतियोगितामा बडीमालिका नगरपालिकाभित्रका सम्बन्धित वडाका खेलाडीहरुलाई वडाको सिफारिस र परिचय पत्रका आधारमा खेलमा सहभागि गराइने  र प्रतियोगितामा सहभागि गराइने आयोजकले बताएको छ । प्रतियोगिता मालिका माविको खेलमैदानमा आयोजना गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार