होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमालीकाे विच्छ्या स्वास्थ्य चाैकीमा कार्यरत मल्लकाे निधन
बाजुरा बिशेष

हिमालीकाे विच्छ्या स्वास्थ्य चाैकीमा कार्यरत मल्लकाे निधन

  • नागरिक रैबार
हिमालीकाे विच्छ्या स्वास्थ्य चाैकीमा कार्यरत मल्लकाे निधन

नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराकाे अतिविकट हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत  प्रेमकला मल्लको निधन भएकाे छ ।
मल्लकाे ५२ बर्षकाे उमेरमा बुधबार राति निधन भएको हाे । ३० बर्षदेखि दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो ।

बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी मल्ललाई हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा बाटाेमा मृत्युु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

नर्सिङ अधिकृत मल्लले हाल केही समय देखी हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखकाे जिम्मेवारी समाल्दै आएकी थिइन् ।  बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार