होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रास्वपाको राष्ट्रिय भेला आजदेखि : देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै
Breaking News

रास्वपाको राष्ट्रिय भेला आजदेखि : देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै

  • नागरिक रैबार
रास्वपाको राष्ट्रिय भेला आजदेखि : देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदै छ । मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ । वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले जानकारी दिए ।

भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरेको थियो । भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने समेत कार्यक्रम रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै