नागरिक रैबार/बाजुरा १ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बाजुरा आउने भएका छन् । मंसिर ३ गते बाजुराको कोल्टीबाट सूरु गरिने राप्रपाको सुदूरपश्चिम प्रदेशको यात्रा अभियानका लागि अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु बाजुरा आउन लागेका हुन् ।
राप्रपाले सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा यात्रा गर्दैछ । यात्रा सोमबारदेखि बाजुराको कोल्टीबाट सुरु हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।प्रवक्ता श्रेष्ठकाअनुसार मंसिर ३ गते बाजुराको कोल्टी, ४ गते अछामको मंगलसेन, ५ गते डोटी, ६ गते कञ्चनपुर र ७ गते कैलालीको साडेपानी पुग्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्मिचको कुरा सुन्न र आफ्ना कुरा भन्नको लागि राप्रपाले यात्रा तय गरेको हो। यसअघि राप्रपाले कर्णाली प्रदेशको यात्रा गरेको थियो।
फेसबुक प्रतिक्रियाहरु