नागरिक रैबार/बाजुरा १ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि चार महिला चुनावी मैदानमा उत्रिएका छन्।
उपनिर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेपछि यस ठाउँमा उम्मेदवारविच निकै प्रतिस्पर्धा हुने देखिएको छ।
४ वटै राजनितिक दल नेपाली काँग्रेसले पुलतीसरा शाही, एमालेले सुलोचना कुमारी भण्डारी (बुढा) माओवादी केन्द्रले राजुकुमारी विक र नेकपा एकीकृत समाजवादीले जवा शाहीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएका छन् ।
२०७९ को निर्वाचनमा एमाले कांग्रेसविच कडा प्रतिस्पर्धा हुँदा कांग्रेसबाट उम्मेदवार मैना जोशी एक हजार ८१० ल्याएर विजयी भएकी थिइन । उनकी प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन।
यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार बिरसिंह विकले ४१ मत ल्याएका थिए। त्यतिबेला माओवादीले अध्यक्षमा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो। ७ हजार ४६० मतदाताले मतदानमा भाग लिन पाउने छन्।
तीमध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन्। जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ भने एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ। स्वामिकार्तिकमा मैनादेवी जोसीको निधन भएपछि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।
फेसबुक प्रतिक्रियाहरु