होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोदो बालीको प्रर्वद्धन गर्न बडीमालिकामा कोदो दिवस मनाईयोे
समाचार

कोदो बालीको प्रर्वद्धन गर्न बडीमालिकामा कोदो दिवस मनाईयोे

  • नागरिक रैबार
कोदो बालीको प्रर्वद्धन गर्न बडीमालिकामा कोदो दिवस मनाईयोे

नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस–२०८१ भव्यताका साथ मनाएको छ । बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा सदरमुकाम मार्तडीमा शनिबार (आज) एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापाको प्रमुख आतिथ्यतामा दिवस भव्यताका साथ मनाईएको हो ।

‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल नाराका साथ नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस २०८१ को आयोजना गरेर भव्यताका साथ मनाएको बडीमालिका नगरपालिका कृषि विकाश शाखाले जनाएको छ ।

दिवसमा कृषक समूहले आफ्नो खेतबारीबाट उत्पादन गरेका कोदोजन्य उत्पादनहरु प्रर्दशनी गरिएका थिए । दिवसको अवसरमा कृषकहरुले उत्पादन गरेको कोदोको परिकार, ओखलमा फलेको कोदो, नफलेको कोदो, कोदोको झुप्पा सहित, कोदोको स्थानीय परिकार (रोटी, ढिडों माडा आदी) प्रर्दशन स्थलमा राखिएका थिए ।

विज्ञापन

रैथाने तथा कोदो बालीलाई उत्पादन बृद्धि, संरक्षण प्रशोधन र बजारीकरण गर्नका लागि यो दिवस मनाईएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् । बडीमालिका नगरपालिका भित्र करिव ६ हजार हेक्टरमा कोदो खेति हुने गरेको छ ।

त्यस्तै दिवसको अवसरमा मालिका माविद्धारा साँस्कृति प्रस्तुति र नगरका ९ वटै वडाका देउडा प्रस्तुति समेत प्रर्दशन गरिएको थियो ।  प्रतियोगितामा समावेश भएका प्रत्येक विधाका उत्कृष्ठ कृषकहरुलाई उचित पुरस्कारको समेत प्रदान गरेको छ ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको उक्त दिवसको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापा रहेका थिए ।

कार्यक्रममा सुदूरपश्चि प्रदेश सभा सदस्य जुना दानी, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगायत विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बडीमालिका नगरपालिकाका १ देख ९ सम्मका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी लगायत कृषकहरुको सहभागिता रहेको थियो ।

मार्तडीको कृषि बजार तथा कोल्ड च्याम्वरको प्राङ्गणमा संचालन गरिएको दिवसमा आगन्तुकहरुलाई नगरपालिकाको तर्फबाट उपप्रमख नन्दा कुमारी थापाले मन्तव्यवाट स्वागत गरेकी थिईन् भने कार्यक्रमको संचालन बडीमालिका नगरपालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै